कुमाख गाउँपालिकाको कार्यालय रागेचौर सल्यानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटिइ आउनु भएका श्री दिलिप कुमार सोनीलाई गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी, उपाध्यक्ष श्री लाल बहादुर रावत, निमित्ति प्रमुख प्रशासकीय अधिकृत श्री छविलाल खड्का, वडाध्यक्षहरु तथा सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा पदभार, स्वागत तथा परिचायात्मक कार्यक्रम सु सम्पन्न भयो।
समाचार
ग्यालरी
यस कुमाख गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा करिब ७ वर्ष कार्यरत रहेका सूचना प्रविधि अधिकृत श्री Prakash Bhandari सरको बिदाई तथा फेरी भेटौला कार्यक्रम यस गाउँपालिकाका उपाध्यक्ष, श्री लाल बहादुर रावतज्यूको अध्यक्षता, पूर्व गा. पा.
कुमाख गाउँपालिकामा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।
विजेता खेलाडी कुमाख गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी, उपाध्यक्ष श्री लाल बहादुर रावत, नि प्रमुख प्रशासकीय अधिकृत छविलाल खड्का ७ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य लगाएत अन्यको उपस्थितिमा पुरस्कर तथा प्रमाणपत्र र कप बितरण गरियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी बोल्दै खेलाडीहरु अनुसासनका पर्यायवाची एवं राष्ट्रका गहना भएकोले अनुसासित र मर्यादित भएर विभिन्न सहभागी भइ खेल खेल्नु भएकोमा खेलाडिहरुलाई धन्यबाद दिनु भएको छ।
कुमाख गाउँपालिका द्वारा मिति २०८०।७।०२ गतेका दिन यही २०८० सालको वडा दशै, शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम एक समारोहका विच सम्पन्न भयो। उक्त कार्यक्रम कुमाख पालिकाका अध्यक्ष श्री मान बहादुर बुढाथोकी ज्यू को अध्यक्षतामा भएको थियो। सो कार्यक्रममा कुमाख गाउँपालिका उपाध्यक्ष श्री लाल बहादुर रावत, कुमाख गाउँपालिका निवर्तमान उपाध्यक्ष श्री डिल्ली राज जैसी, गाउँपालिका नि प्रमुख प्रशासकीय अधिकृत श्री छविलाल खड्का, इलाका प्रहरी कार्यालय रागेचौरका कार्यलय प्रमुख, कुमाख गाउँपालिकाका वडाध्यक्ष , राजनितिक दलका प्रतिनिधिहरु, गाउँ कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु,सामुदायीक विद्यालयक
बडादशै २०८० को शुभ साइतमा कुमाख गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकीज्यूबाट यस कार्यालयका निमित्त प्रमुख प्रशासकी अधिकृत श्री छबिलाल खड्का ज्यू र शाखाका कर्मचारीहरु र ईलाका प्रहरी कार्यालय रागेचौरका कार्यालय प्रमुखको उपस्थितिमा आज मिति २०८० असोज २९ गते विहान १०:१९ को साइतमा कार्यालय परिसरमा तोकिएको मापदण्ड अनुसार पुरानो झण्डा फेरी नयाँ राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न भएको छ ।
कुमाख गाउँपालिकामा २०७९ भदौ १२ गते देखि आजका मिति सम्म प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नु भएका प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्दज्युको गाउँपालिका उपाध्यक्ष श्री लाल बहादुर रावत ज्यु, नि. प्रमुख प्रशासकीय अधिकृत श्री छविलाल खड्का ज्यु र पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थितमा आज शुक्रबारका दिन बिदाइ तथा फेरी भेटौला कार्यक्रम सम्पन गरियो । सरको गृह मन्त्रालयको आगामी कार्यकाल सफलताको कामना साथ तपाइले पुर्याउनु भएको योगदानलाई यस कुमाख गाउँपालिकाले सम्मान गर्दै उज्वन भविष्यको कामना गर्दछौ।
कुमाख गाउँपालिकाको आर्थिक बर्ष ०७९ /०८० को प्रथम अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आज मिति २०७९।१२। २४ गते शुक्रबार का दिन वडा नं ७ मा सम्पन्न भएको छ ।
गाउँपालिका योजना अधिकृत श्री मान बहादुर बुढाथोकीले सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाबाट संचालित विकासका कार्यक्रम, उपलब्ध सेवा र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन सार्वजनिक सुनुवाई गरिएको भन्ने कुरा प्रष्ट पार्नु भयो