समाचार
वडा नं. १
नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए। स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस मिलि कुमाख गाउँपालिका मिति २०७३।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको क्षेत्रफल १७७.२७ वर्गकिलोमिटर मध्य १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ भने बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ । यहाँ खतीयोग्य जमिन ७२.९३५ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसख्या २४८५९ रहेको छ । पहाडी जिल्ला सल्यानको सन्दर्भमा यो कुमाख गाउँपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना भएको गाउँपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । कुमाख गाउँपालिकाको साविक को स्वीकोट गाविसका वडा न.४,५,६,७ र ८ मिली हाल वडा न. १ बनेको छ । भने यसको वडा कार्यालय साविकै गाविस अन्तर्गत मिलनचोकमा रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुष १४१८ तथा महिला १५३८ गरी कुल जनसंख्या जम्मा संख्या २९५६ रहेको छ भने जम्मा घरधुरी संख्या ६५५ रहेको छ ।।
जनसंख्या
महिला = १५३८
पुरुष =१४१८
जम्मा संख्या =२९५६