FAQs Complain Problems

वडा नं. १

नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए। स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस मिलि कुमाख गाउँपालिका मिति २०७३।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको क्षेत्रफल १७७.२७ वर्गकिलोमिटर मध्य १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ भने बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ । यहाँ खतीयोग्य जमिन ७२.९३५ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसख्या २४८५९ रहेको छ । पहाडी जिल्ला सल्यानको सन्दर्भमा यो कुमाख गाउँपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना भएको गाउँपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । कुमाख गाउँपालिकाको साविक को स्वीकोट गाविसका वडा न.४,५,६,७ र ८ मिली हाल वडा न. १ बनेको छ । भने यसको वडा कार्यालय साविकै गाविस अन्तर्गत मिलनचोकमा रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुष १४१८ तथा महिला १५३८ गरी कुल जनसंख्या जम्मा संख्या २९५६ रहेको छ भने जम्मा घरधुरी संख्या ६५५ रहेको छ ।।

जनसंख्या

महिला = १५३८
पुरुष =१४१८
जम्मा संख्या =२९५६

Ward Contact Number: 
9844868899

जन प्रतिनिधि

डिल्ली बहादुर राना
वडा अध्यक्ष
‍
9844868899
सावित्रा बि.क
कार्यपालिका सदस्य
‍
9866169200
महेन्द्र कुमार रावत
वडा सचिव / स्थानीय पञ्जिकाधिकारी
‍
9849119508
डम्बर बहादुर शाही
वडा सदस्य
‍
९८४४९३९४३४
सार्की बुढा
वडा सदस्य
‍
९८४८११९०३३
गीता बुढाथोकी
महिला सदस्य
‍
९८६८९८४५७४
कृष्णा बुढाथोकी
अ. सब इन्जिनियर
‍
९८६९०५५२०५
सगुन परियार
नायब प्राविधिक सहायक (कृषि सेवा)
‍
डिना कुमाल
कार्यालय सहयोगि
‍
९८६२१८६५९६
//