FAQs Complain Problems

ग्यालरी

कुमाख गाउँपालिकाले विजेता खेलाडिहरुलाई सम्मान गरेको छ । आज एक कार्यक्रमका विच जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा विजयी खेलाडिहरुलाई सम्मान गरिएको हो । गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी, उपाध्यक्ष श्री लाल बहादुर रावत , वडा नं ५ का वडाध्यक्ष श्री पदम बहादुर बुढामगर, सूचना प्रविधि अधिकृत श्री प्रकाश भण्डारी, रोजगार संयोजक जिबन शर्मा, शिक्षा शाखा प्रमुख श्री दिपक कुमार चन्द, स.म.वि.नि श्री देविका के.सी गायतको उपस्थितिमा शिल्ड विजेता खेलाडिलाई प्रोत्सान स्वरुप नगद, अविरआवरण सहित खादा ओढाएर सम्मान गरिएको छ ।

मिति: 03/16/2023 - 09:23

कुमाख गाउँपालिका सल्यानमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न ।

मिति: 02/13/2023 - 17:47
, , , ,

कुमाख गाउँपालिकाको दोस्रो गाउँसभा तथा १३ ‌ओँ अधिवेशन आइतबार सम्पन्न भएको छ ।

उक्त गाउँसभाको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकीले गर्नु भएको थियो भने प्रमुख अतिथि सल्यान जिल्ला प्रदेश सभा (ख) सदस्य मा. सुरेश अधिकारी, अतिथि गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्द, गाउँसभा सदस्य लगाएत गाउँ कार्यपालिकाका कर्मचारीहरु उपस्थिति रहेको थियो ।

मिति: 02/13/2023 - 17:46
, , , , , , ,

कुमाख गाउँपालिका सल्यानमा पाचौ राष्ट्रपति रनिङ शिल्ड सुरु।

मिति: 02/08/2023 - 19:47
, , , ,

यस कुमाख गाउँपालिका र हिमालयन बैंक लिमिटेड, रागेचौर शाखाको आयोजनामा वडा नम्बर ६ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जसमा १८० जना सेवाग्राहीहरूले आफ्नै घर आँगन (वडा कार्यालय) बाट सेवा प्राप्त गर्ने अवसर पाउनु भएको छ । उक्त कार्यक्रममा कुमाख गाउँपालिका उपाध्यक्ष श्री लाल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्द, ईलाका प्रहरी कार्यालय रागेचौरका निमित्त कार्यालय प्रमुख लगायत सुरक्षाकर्मी, हिमालयन बैंक रागेचौरका शाखाका प्रबन्धक श्री नारायण घिमिरे लगायत अन्य कर्मचारी, ६ नम्बर वडा सचिव श्री डिलाराम कठायत लगायत जनप्रतिनिधिहरू, सहायक महिला विकास निरिक्षक श्री देविका के.सी

मिति: 02/06/2023 - 16:18

कुमाख गाउँपालिका शिक्षा शाखाको आयोजनामा IEMIS तथा कम्प्युटर सम्बन्धित अभिमुखिकरण तालिम" जनता मा बि रागेचौरको computer Lab मा मिति २०७९/०९/११ देखि १३ गते सम्म सञ्चालन भई सम्पन्न भयो। गाउँपालिकाका अध्यक्ष श्री मान बहादुर बुढाथोकी , गाउँपालिका उपाध्यक्ष श्री लाल बहादुर रावत प्रमुख प्रशासकिय अधिकृत श्री राजेन्द्र कुमार चन्द, योजना अधिकृत श्री मान बहादुर बुढाथोकी र लेखा अधिकृत यदु गहतराजको उपस्थितमा कार्यक्रमको उद्घाटन भएको थियो भने समापन समारोहमा योजना अधिकृत मान बहादुर बुढाथोकी उपस्थिति रहेको थियो। तालिम गाउँपालिका भित्रका वडा न १, २, ३ ४ का सामुदायिक र सस्थागत विद्यालयहरुबाट एक /एक जना शिक्षक

मिति: 02/06/2023 - 16:12

बसन्त पञ्चमी तथा सरस्वती पूजाको सुअवसर पारेर यस पालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहने गरी पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ । प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

मिति: 02/06/2023 - 16:05

Pages