समाचार
आर्थिक बर्ष ०७९ /०८० को प्रथम अर्धबार्षिक सार्वजनिक सुनुवाई
कुमाख गाउँपालिकाको आर्थिक बर्ष ०७९ /०८० को प्रथम अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आज मिति २०७९।१२। २४ गते शुक्रबार का दिन वडा नं ७ मा सम्पन्न भएको छ ।
गाउँपालिका योजना अधिकृत श्री मान बहादुर बुढाथोकीले सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाबाट संचालित विकासका कार्यक्रम, उपलब्ध सेवा र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन सार्वजनिक सुनुवाई गरिएको भन्ने कुरा प्रष्ट पार्नु भयो
आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, योजना संचालन, पारदर्शिताको लागि आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो। कुमाख गाउँपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाईको सहजिकरण उज्यालो संचार केन्द्र -रेडियो तहल्का एफ=एम= ९१=९मेगाहर्जका संचालन डिल्ली रावतले गर्नु भएको थियो ।
यस कार्यालयबाट सेवा प्रवाह लिदा नागरिकहरुलाई कस्तो सहजता भएको छ भने विषयमा सेवा प्रवाह सन्तुष्टि प्रश्नावलीहरु बनाई सार्वजनिकमा सुनुवाइमा आएका नागरिकहरुलाई प्रश्नावलीहरु भर्न लगाइएको हो । कार्यालयबाट हुने काम कारबाहि सहितको कार्य प्रगति, सेवा प्रवाह , पारदर्शिता तथा बिबिध बिषयमा नागरिकहरुबाट उठेका प्रश्नहरुको गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी, गाउँपालिका उपाध्यक्ष श्री लाल बहादु रावत, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्द र वडा नं ७ का वडा अध्यक्ष श्री डम्बर बहादुर शाहिले सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुबाट उठेका प्रश्न र जिज्ञाशाहरुको जवाफ दिनु भएको थियो । उठेका प्रश्नहरुको जवाफ दिंदै गाउँपालिका उपाध्यक्षले प्रष्ट पार्दै नितीगत कुरामा कुनै कतै त्रुटि कमजोरी भए सुधार गर्दै लैजाने बताउनु भयो ।
गाउँपालिका अध्यक्षले नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार सरकारका रुपमा स्थापित हुने बताउनु भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष गरि गाउँवासीहरुले वाटोघाटो, विधुत, खानेपानी, भवन निर्माण, मात्रै नभएर सामाजिक तथा मावन विकासको पनि जरुरी रहेको उल्लेख गर्नु भएको थियो। नागरिकहरुको जवाफदेहिता दिने सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका वडा सदस्य, शाखाका शाखा प्रमुख, वडा कार्यालयका कर्मचारीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।