FAQs Complain Problems

वडा नं. २

नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए। स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस मिलि कुमाख गाउँपालिका मिति २०७३।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको क्षेत्रफल १७७.२७ वर्गकिलोमिटर मध्य १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ भने बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ । यहाँ खतीयोग्य जमिन ७२.९३५ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसख्या २४८५९ रहेको छ । पहाडी जिल्ला सल्यानको सन्दर्भमा यो कुमाख गाउँपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना भएको गाउँपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । कुमाख गाउँपालिका हालको वडा नं. २ साविकको स्वीकोट गाविसका वडा न. १,२,३ र ९ मिली बनेको छ । यसको वडाको वडा कार्यालय वडा नं. २ को स्विकोट नेटामा रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुष १४३९ तथा महिला १६५२ कुल जनसंख्या जम्मा ३०९१ रहेको छ भने जम्मा घरधुरी संख्या ७२१ रहेको छ ।।

जनसंख्या
महिला = १६५२
पुरुष =१४३९
जम्मा संख्या =३०९१

Ward Contact Number: 
9848003396

जन प्रतिनिधि

ईश्वरी शाही
वडा अध्यक्ष
‍
9848003396
सुदन बहादुर शाही
वडा सचिव / स्थानीय पञ्जिकाधिकारी
‍
9844947972
खिम बहादुर बुढा
वडा सदस्य
‍
९८४४८८८६९६
लाले राना
वडा सदस्य
‍
९८६३२२२७४९
नारायणी खत्री (रावत)
महिला सदस्य
‍
९८४१९०३०५२
तेजमा सुनार
दलित महिला सदस्य
‍
९८६८२९१९५२
प्रदिप चन्द
नायब प्राविधिक सहायक (कृषि सेवा)
‍
पुर्ण कुमारी राना
कार्यालय सहयोगि
‍
९८६२५३०३४८
//