FAQs Complain Problems

वडा नं. ७

नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए। स्थानीय तह पुर्णा गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस मिलि कुमाख गाउँपालिका मिति २०७३ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको  क्षेत्रफल  १७७.२७ वर्गकिलोमिटर मध्य १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ भने बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ । यहाँ खतीयोग्य जमिन ७२.९३५ वर्ग किलोमिटर रहेको छ भने यहाँको जनसख्या ३३३४७ रहेको छ । पहाडी  जिल्ला सल्यानको सन्दर्भमा यो कुमाख गाउँपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना  भएको गाउँपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । भने कुमाख गाउँपालिका हाल को वडा नं. ७ साविक को   जिमाली गाविसका वडा न.१ देखि ९ मिली हाल वडा न. ७  बनेको छ । भने यसको वडा कार्यलयको कार्यलय साविकै जिमाली गाविस कार्यालयमा रहेको छ ।भने त्यहाँको पुरुष २०७० तथा महिला २१६५ कुल जनसंख्या  जम्मा संख्या ४२३५ रहेको छ  भने जम्मा घरधुरी संख्या ७८१ रहेको छ ।
Language Nepali
Population:  कुल जनसंख्या महिला = २१६५, पुरुष =२१२१ जम्मा संख्या =४२३५ रहेको छ
Ward Contact Number: 9822884526

 

 

Ward Contact Number: 
9822884526

जन प्रतिनिधि