समाचार
वडा नं ५ वडा कप उद्द्घाटन
आज मिति २०७९ माघ १५ गतेका दिन यस कुमाख गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा युवा वडा स्तरिय खेलकुद कार्यक्रम-२०७९ शहीद स्मृति पार्क, चिसापानीमा समुद्घाटन गरिएको छ । सो समुद्घाटन कार्यक्रममा कुमाख गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्दज्यू, ५ नम्बर वडाध्यक्ष श्री पदम बहादुर बुढामगरज्यू, ६ नम्बर वडाध्यक्ष श्री कर्ण बहादुर बि.कज्यू, प्रशासन योजना तथा अनुगमन अधिकृत श्री मान बहादुर बुढाथोकीज्यू, लेखा अधिकृत श्री यदु गहतराजज्यू, ५ नम्बर वडा सचिव श्री महेश अधिकारीज्यू लगायतका अन्य कर्मचारीहरू, ५ नम्बर वडा सदस्यज्यूहरू, शिक्षक तथा खेलाडीहरूको सहभागिता रहेको थियो । "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा ५ वटा खेल समावेश गरिएको छ ।