FAQs Complain Problems

वडा नं. ३

नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए। स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस मिलि कुमाख गाउँपालिका मिति २०७३।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको  क्षेत्रफल  १७७.२७ वर्गकिलोमिटर मध्य १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ भने बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ । यहाँ खतीयोग्य जमिन ७२.९३५ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसख्या २४८५९ रहेको छ । पहाडी  जिल्ला सल्यानको सन्दर्भमा यो कुमाख गाउँपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना  भएको गाउँपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । भने कुमाख गाउँपालिका हाल को वडा नं. ३ साविक को  मर्मपरिकाडाँ गाविसका वडा न.१  देखि ९ मिली हाल वडा न. ३ बनेको छ । यसको वडा कार्यलयको कार्यलय साविकै गाविस कार्यलयमा रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा पुरुष २३३० तथा महिला २४२७  कुल जनसंख्या  जम्मा संख्या ४७५७   रहेको छ  भने जम्मा घरधुरी संख्या १०२४ रहेको छ ।

जनसंख्या
महिला = २४२७,
पुरुष = २३३०
जम्मा संख्या =४७५७  

Ward Contact Number: 
9866519202

जन प्रतिनिधि

केवल बहादुर राना
वडा अध्यक्ष
‍
९८६६५१९२०२
निराजन के.सि.
वडा सचिव / स्थानीय पञ्जिकाधिकारी
‍
9849431558
तुलसी रावत
वडा सदस्य
‍
९८६८३३३४९२
मन विर चलाउने
वडा सदस्य
‍
९८४८७१६९६२
धनी वली
महिला सदस्य
‍
९८५७८६२८३२
शान्ति कामी
दलित महिला सदस्य
‍
९८०९५२८६००
करिश्मा चलाउने
अ. सब इन्जिनियर
‍
9845303664
राधिका बस्नेत
फिल्ड सहायक
‍
९८६२५३०३८३
मिना के सी
कार्यालय सहयोगि
‍
९८१२५३९४३८
//