FAQs Complain Problems

कुमाख गाउँपालीकाका धार्मिक र पर्यटकिय स्थल तस्बिर हरु

सल्यानको सदरमुकाम खलंगावाट ८ घण्टा पैदल यात्राको दुरीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल कुमाख जिल्लाकै ठुलाे पहाड हो । यस पहाडको उचाई २५३७ मिटर रहेको छ । जीमाली,मर्मपरिकाँडा र शिद्धे्रश्वरी गाउँको क्षेत्रमा रहेको यस कुमाख पहाड,रमणीय पर्वतको टुप्पा सिद्ध मन्दिर छ । वन्द कोठाभित्र सिद्ध वस्दैनन् भन्ने जनविश्वास अनुरुप मन्दिरको छानो नवनाईएको पुजारीहरुको भनाईछ । यस मन्दिरमा प्रत्येक वर्षको विजयादशमी दिन देखी कोजाग्रत पुर्णिमा सम्म पुजा हुने गर्दछ ।  यहाँ पहिलोपटक जानेले सात पटक मन्दिरको परिक्रममा गरेर वर माग्ने र सो पुरा भएपछि भेडो वली चढाऊने प्रचलन छ । यस मन्दिरमा कहिले देखी पुजा गर्न थालियो भन्ने जानकारी कसैलाई छैन ।  जिजुवाजेले पुजा गरेको वाजेले थाहापाएको वाजेले पुजा गरेको आफुले थाहा पाएको डाँगीथरका पुजारीहरु वताऊछन् । जतुर्शी र कोजाग्रत पूर्णिमाका दिन करिव १ किमि तल जिमाली तर्फको समथर भू–भागमा सल्यान जिल्लाकै ठूलो मेला लाग्छ । सिद्ध मन्दिर देखि करिव १ कि.मि मर्मपरिकाकाँडा एउटा गुफा छ भने सिद्ध  गुफा पनि यस गाउँपालिका वडा नं. ४ थदरामा रहेकाे छ ।
स्थानीय वासिका भनाई अनुसार गुफाको लम्वाई पत्ता ल गाऊन गुफा भित्र एउटा कुकुर पठाएकोमा सो कुकुर मोख्ला गुफावाट वाहिर निस्किएकाले गुफा निकै गहिरो भएको अनुमान गरिन्छ । त्यस गुफालाई आफ्नो वास स्थान वनाएर छरछिमेकका पशुहरुको शिकार गरिएिपछि स्थानीयहरले गुफामा ढुङ्गा भरिदिएका छ न् । अहिले उक्त गुफाको  लम्वाई १० मिटर रहेको छ । जिल्लाकै दोश्रो अग्लो उचाईमा रहेको कुमाखवाट मध्यपश्चिमका १५ जिल्लाका भू–भागहरु देख्न सकिन्छ । मध्यपश्चिम क्षेत्रमा मुस्कुराईरहेका सिस्ने र धवलागिरी हिमाल लगायतका हिमश्रृङ्खला,पहाड पर्वत,पाखापखेरा र तराईका समथर मैदानहरुको एकसाथ अनुपम दृश्यावलोकन गर्ने भ्यूटावरका रुपमा रहेको कुमाखको पर्यटकीय महत्व रहको छ । ढोडचौर–गुराँसे–स्यानीपिप्ली सडक खण्ड कालालेक हुदै गएकाले उक्त सडकवाट पैदल १ घण्टामा टुप्पामा पुग्न सकिने र दक्षिणा मोहडावाट आरोहण सहज रहेकाले पनि यो शिखरलाई पर्यटकीय गणतब्यका रुपमा विकास गर्न  उदेश्य यस कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर (गिरी ) , गाउँपालिका उपाध्यक्ष डिल्ली राज जैशी र प्रमुख प्रशासकीय अधिकृत विनाेद अधिकारीले बताउनु भएकाे छ  ।
त्यस्तै उच्च पहडी जंगलमा पाईने महत्वपूर्ण जडिवुटिहरु,अनेकौ प्रजातीका वनस्पती,फुल र चराचुरङ्गीहरुको सुरम्य वासस्थान मात्र होईन राते मृग,घोरल,चितुवा र अन्य वन्यजन्तुहरुको सुरक्षिच वासस्थानका रुपमा समेत कुमाखको वनजङ्गल संरक्षित गर्नु पर्ने यस गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर (गिरी) ले  बताउनु भएकाे छ । कुमाखलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके आन्तरिक र वाह्य पर्यटकहरु आउने उपाध्यक्ष डिल्ली राज जैशी निश्चित नै रहेकाे वताउनु भएकाे  छ । कुमाख आसपासका वस्तिमा होमस्टे, उच्च पहाडी भूभाग भएकोले यहाँको वातावरणीय र जैविक विविधताको अध्ययनको क्षेत्र पनि वन्न सक्ने प्रमुख प्रशासकीय अधिकृत विनाेद अधिकारीले बताउनु भएकाे छ ।

आर्थिक वर्ष: