समाचार
कुमाख गाउँपालिका ३- राम्रीमा सामुदायिक स्वास्थ्य इकाईको एक कार्यक्रमका बीच समुद्घाटन
यस कुमाख गाउँपालिका वडा नम्बर ३- राम्रीमा सामुदायिक स्वास्थ्य इकाईको एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ । वडा नम्बर ७ को पाटकारे, डुमकोट र ३ नम्बर वडाको राम्रीका नागरिकहरूलाई सेवा लिन पायक पर्ने गरी स्थापना गरिएको स्वास्थ्य इकाईको कुमाख गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्दले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको हो । सो समुद्घाटन कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत श्री यदु गहतराज, स्वास्थ्य शाखा प्रमुख श्री सुमन बस्नेत, ३ नम्बर वडा सचिव श्री निराजन के.सी., अहेव श्री सन्देश खड्का, उजुरी प्रशासक श्री प्रकाश शाह, अनमी श्री झुपा पुन, ईलाका प्रहरी कार्यालय, रागेचौरका कार्यालय प्रमुख, ३ नम्बर वडाध्यक्ष श्री केवल बहादुर राना लगायत वडा सदस्यहरु, सबै राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थी लगायत आम नागरिकहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सिअहेव (छैठौं) श्री झुपलाल थापाले गर्नुभएको थियो ।