FAQs Complain Problems

प्रथम रास्ट्रपति रनिङ शिल्ड सुरु

कुमाख गाउँपालिका सल्यानमा प्रथम रास्ट्रपति रनिङ शिल्ड सुरु।
"स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ कुमाख गाउँपालिका रागेचौरको फिल्डमा प्रथम रास्ट्रपति रनिङ शिल्ड गाउँपालिका अन्तर माध्यमिक बिधालय स्तरिय खेलकुद प्रतियोगिताको आइतबार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । उत्त कर्यक्रमलाई प्रमुख अतिथि पुर्ब संविधान सभा सदस्य उमकान्त शर्मा र बिशिस्ट अतिथि जिल्ला समुन्वय समिती सल्यानका उपसभापति हरि प्रकाश बुढाथोकी गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर (गिरि), उपाध्यक्ष डिल्लीराज जैसी अतिथि लगायत अन्य अतिथिहरुले पानसमा दिप प्रज्वलनका साथै ब्यानर बाचन गरेर कार्यक्रम उदघाटन गरेका गनु भएकाे छ । । गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर (गिरि) को अध्यक्षता र गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैसीको स्वागत मन्तब्य बाट सुरु भएको उदघाटन गरिएकाे छ । कार्यक्रमको सन्चालन कुमाख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिनोद अधिकारिले गरेका गनु भएकाे थियाे । गाउँपालिका सबै वडा अध्यक्षहरु ,विभिन्न राजनितिक दल ,बिधालय का प्रधानाध्यापकहरु,बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।आइतबार बाट सुरु भएको कार्यक्रम बुधबारसम्म सन्चालन हुनेछ।

आर्थिक वर्ष: