FAQs Complain Problems

वडा नं. १

नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए। स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस मिलि कुमाख गाउँपालिका मिति २०७३।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको क्षेत्रफल १७७.२७ वर्गकिलोमिटर मध्य १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ भने बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ । यहाँ खतीयोग्य जमिन ७२.९३५ वर्ग किलोमिटर रहेको छ भने यहाँको जनसख्या ३३३४७ रहेको छ । पहाडी जिल्ला सल्यानको सन्दर्भमा यो कुमाख गाउँपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना भएको गाउँपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । भने कुमाख गाउँपालिका हाल को वडा नं. १ साविक को स्वीकोट गाविसका वडा न.४,५,६,७ र ८ मिली हाल वडा न. १ बनेको छ । भने यसको वडा कार्यालयको कार्यालय वडा नं. साविकै गाविस कार्यालयमा रहेको छ ।भने त्यहाँको पुरुष १३९७ तथा महिला १४८४ कुल जनसंख्या जम्मा संख्या २८८१ रहेको छ भने जम्मा घरधुरी संख्या ७५४ रहेको छ ।।

Language Nepali

Population:                                       

कुल जनसंख्या महिला = १४८४, पुरुष =१३९७ जम्मा संख्या =२८८१  रहेको छ

Ward Contact Number: 9844868899

Ward Contact Number: 
9844868899

जन प्रतिनिधि

डिल्ली बहादुर राना
वडा अध्यक्ष
9844868899
सावित्रा बि.क
कार्यपालिका सदस्य
9866169200