समाचार
कुमाख गाउँपालिकाको तेस्रो गाउँ सभा
कुमाख गाउँपालिका रागेचौर सल्यान कर्णाली प्रदेश नेपाल
कुमाख गाउँपालिकाको तेस्रो गाउँ सभा आईतवार रागेचौरमा सम्पन्न ।
२०७५ असार १० गते आइतबार, कुमाख गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को बजेट संक्षेपमा
कुमाख गाउँपालिका, सल्यानले आगामी आर्थिक बर्ष २०७५ / ०७६ को लागी २४ करोड ७४ लाख ३८ हजार बराबरको अनुमानित कुल बजेट बिनियोजन गरेको छ।
ससस्ततर्फ ११ करोड ८६ लाख चालू तर्फ ४ करोड ३३ लाख ४४ हजार पुजिगत तर्फ ८ करोड ९२ लाख बिनियोजन गरिएको छ।
मिति २०७५ साल असार १० गते आइतबार, तेस्रो गाउँ , सभाको बैठकमा गाउँ पालिका उप- प्रमुख डिल्ली राज जैसी ले आगामी आर्थिक बर्ष २०७५/०७६ को लागी २४करोड ७४ लाख ३८हजारको बजेट प्रस्तुत गर्नुभएको छ ।
बजेटमा समावेश गरिएका शिर्षकहरुलाई बुदागत रुपमा संक्षेपमा ।
१) सडक २ करोड ८० लाख
२) खानेपानी ६० लाख
३)सिचाइ ४० लाख
४)बिद्धुत ५० लाख
५) शिक्षा ४५ लाख
६) गाउँपालिका भबन निर्माण २ करोड २५ लाख
७)लक्षित बर्ग ५० लाख
८)स्वास्थ्री तर्फ ३२ लाख
९) कृषि तर्फ ४० लाख
१०) पशु तर्फ २० लाख
११) कार्यालय साधन खर्च तर्फ ५० लाख