FAQs Complain Problems

समानताको पुस्ता, बलत्कार विरुद्ध एक्यवद्धता" भन्ने मुल नाराका साथ आजदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सूरु गरिएको छ

"समानताको पुस्ता, बलत्कार विरुद्ध एक्यवद्धता" भन्ने मुल नाराका साथ आजदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सूरु गरिएको छ । मंसिर ९ गते (Nov 25) देखि सुरु भएको अभियान मंसिर २४ (Dec 10) सम्म चल्नेछ । यस १६ दिने अभियानमा कुमाख गाउँपालिकामा लैगिक हिंसा विरुद्धको जनचेतना मूलक अभियान एक कार्यक्रम बीच मनाईयको छ । जनप्रतिनिधि, कर्मचारी, सूरक्षाकर्मी, शिक्षक विद्यार्थी, स्थानीयबासीहरु सहित र्यालीमा सहभागि भएका थिए । लैंगिक हिंसा अन्त्य गरौ, बलत्कार विरुद्ध एक हौ, वालविवाह अन्त्य गरौ, छोराछोरीमा विभेद नगरौ जस्ता नाराहरु लगाउदै रागेचौर बजारसम्म वजार परिक्रमा गरी अभियानको सुरुवात गरिएको थियो । बजार परिक्रम पछि पुण गाउँपालिकामा फर्किए पछि गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले लैंगिक हिंसा दिवस नारामा मात्र सिमित रहेको तर व्यवहारमा हालसम्म पनि लागु हुन नसकेको जनाउनु भयो । लैंगिक हिंसा पूरुषले महिलामाथि र महिलाले पूरुषमाथि मात्र नभइ महिलाले महिलामाथि नै गर्ने गरेको उहाँले बताउनुभयो । हरेक घरमा सासु-वुहारीको सम्वन्धमा सुधार हुन सक्यो भने र छोरा-छोरीलाइ समान शिक्षा दिन सकियो भने यसको अन्त्य स्वत हुने उहाँले भन्नुभयो । त्यसैगरी गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैसिले समाजमा हुने कुटपिट, झै-झगडा, बलत्कार मात्र लैंगिक हिंसा नभई एकले अर्काको अस्तित्व नस्विकार्नु, सम्माणजनक व्यवहार गर्न नसक्नु, आरोप्रत्यारोप लगाउनु पनि लैंगिक हिंसा भएको जनाउनु भएको छ । लैगिक हिसाको न्यूनीकरण गर्न चेतनाको विकास गरी हरेक घरघरमा सवैले छोरा र छोरीलाइ समान रुपमा व्यवहार गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तिले बताउनु भयो । कार्यक्रमा सहभागि सवैलाइ सेतो रिवन लगाउन दिइएको थियो जसको अर्थ म हिसा गर्दिन हिसा हुन दिन्न र हिसां भएको सहन्न अर्थात प्रतिकार गर्छु भन्ने भाव रहेको उहाँले बताउनुभयो । समाजमा भएका विसङ्गती, विकृति तथा हिंसाहरुलाइ ढाकछोप गर्ने र दोष जति सरकारलाइ लगाउने चलनको अन्त्य गरी समाज परिवर्तन हरेक व्यक्तिबाट सुरु गर्नुपर्ने जसको सूरुवात आफैबाट सरुवात गर्नु भन्ने कुरा बताउन भयो l उक्त कार्यक्रम सचालन महिला बिकास शाखा प्रमुख देबिका के सि ले गर्न भएको थियोे !

आर्थिक वर्ष: