FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम उद्घाटन ।

 कुमाखगाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम  सुरु भएको छ। यहाँ रहेका  ७ वटा सय  १८९ जनाले  रोजगारी पाएका छन् । चालु आवभित्रै काम गर्नेगरी कुमाख गाउँपालिकामा ३५लाख बजेट आइसकेको छ कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा गिरि ले आफ्नै गाउँपालिकामा परिश्रम गरेर रोजगार हुने र समृद्ध गाउँपालिका हुनेमा जोड दिनुभएको छ । गाउँपालिकामा रहेको बेरोजगारलाई रोजगारी प्रदान गर्न भन्दै संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत उक्त बजेट प्रत्येक स्थानीय तहमा पठाएको हो । स्थानीय तहले भरेका बेरोजगार फारामका आधारमा बजेट र काम पाउनेको संख्या तोकिएको छ ।
यहाँ ४ हजार ३ सय २९ जनाले बेरोजगार फाराम भरेको छन्। तीमध्ये चालु आर्थिक वर्षमा अतिविपन्न वर्गलाई छनौट गरिएको रोजगार संयोजक वसन्त पुनले वताउनुभयो । उहाले भन्नुभयो   सडक, सिचाइ र खानेपानीको विकास निर्माणको काममा लगाईने छ ।  श्रम गरे बापत दैनिक ५सय ७५ रुपैयाँ तलब भत्ता प्रदान दिईने छ ।
प्रधान मन्त्री रोजगार कार्यक्रम सहभागिहरुले २० दिन मात्र यो आर्थिक  वर्षमा काम पाउने छन् ।

कार्यक्रम उपाध्यक्ष डिल्लीराज जैसी, ७ वटै वडाका वडा अध्यक्ष र  प्रधान मन्त्री रोजगार कार्यक्रममा सहभागिहुने मजदुरहरुको सहभागिता रहेको  िथयो ।

आर्थिक वर्ष: